१९ भदौ, काठमाडौं । पाँचवटा संसदीय समितिको बैठक आज एकै पटक बस्दैछ। जसअनुसार बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ।
त्यस्तै, आज बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा छलफल हुनेछ।
त्यस्तै, बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको छ।
दिउँसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको २०८०र०८१ को पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।त्यस्तै, दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल हुनेछ।
The post आज पाँचवटा संसदीय समितिको बैठक बस्दै first appeared on Khabar Breaking.