१६ भदौं,काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाजको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले बैङ्किङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताउनु भएको हो ।
उहाँले भन्नु भयो, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फीति सायद इतिहासमै तल छौँ । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैङ्किङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सबलतालाई हेरेर नेपाल राष्ट्र बैङ्कले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’
साथै उहाँले तरलताकै आधारमा बैङ्किङ प्रणालीको ब्याजदरहरू तल रहेको बताउनु भयो । उहाँले भोलिको दिनमा आर्थिक क्रियाकलापहरूलाई अगाडि बढाउनको लागि र निजी क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताउनु भयो ।
The post बाह्य क्षेत्रसंगसँगै बैङ्किङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छः गभर्नर अधिकारी first appeared on Khabar Breaking.