९ भदौ, काठमाडौं । सरकारले दूध र उखु किसानको रकम दशैँअघि नै भुक्तानी दिने कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारले बताउनु भएको छ । आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री अधिकारीले यस्तो बताउनु भएको हो । उहाँले किसानको ११ महिनादेखि बाँकि रकम भुक्तानीको तयारी भइरहेको बताउनु भयो ।
उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रूपैयाँ उपलब्ध गराउने योजना उहाँले बताउनु भयो । दुग्ध किसानलाई १ अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी रहेको उहाँको भनाइ छ ।
सरकारले किसानसँग उधारो दूध किन्ने र नगदमा बेचेर किसानलाई पैसा नदिने समस्या समाधान गरिने मन्त्री अधिकारीको प्रतिवद्धता छ । उहाँले उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको भन्दै उक्त रकम पनि दशैँअघि उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको जानकारी गराउनु भयो ।
The post दूध र उखु किसानको बक्यौता दशैँअघि नै भुक्तानी गर्ने कृषिमन्त्रीको प्रतिवद्धता first appeared on Khabar Breaking.