प्रतीकात्मक तस्बिर।
२६ साउन, काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेका युवकको ज्यान गएको छ । अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाम्फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
महाराजगञ्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केहीबेरमा हाम्फालेका पाइएको जानकारी दिए। अपराह्न ३ः०० बजेतिर भएको र घटनापछि गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
The post अस्पतालको छतबाट हाम्फालेका युवकको ज्यान गयो first appeared on Khabar Breaking.