अडानको १९ औँ स्थापना दिवस भब्यरुपमा सम्पन्न

२१ साउन, काठमाडौं ।देशभर रहेका लेखा परीक्षकहरूको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) ले आफनो १९ औँ स्थापना दिवस मनाएको छ । शनिबार काठमाडौंमा स्थापना दिवस मनाएको हो ।

उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले अहिले देखिएको आर्थिक सङ्कट अस्थायी रहेको र क्रमशः सुधार हुँदै आइरहेको बताए । जसका लागि अडिटर्सहरूको भूमिका महत्त्वपूर्ण हुने पनि उनले बताए ।

लेखापरीकहरूलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अर्थतन्त्रमा रहेको समस्या हल गर्न मौद्रिक नीतिमार्फत सम्बोधन गरेको बताए । उनले वित्त नीति मार्फत पनि सरकारले आर्थिक क्षेत्रका लागि कार्यक्रमहरू ल्याउन लागेको उल्लेख गरे । सुशासनको महत्त्वपूर्ण कुरा लेखा परीक्षणसँग जोडिएको बताउँदै उनले एकाउन्टेन्स र अडिटिङमा पारदर्शीता कायम गर्न ठूलो भूमिका रहेको बताए ।

यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताए । अडानको १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताए ।

मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधारणको गिरेको मानसिकता र मनोबल उठेको पाएको भन्दै उनले गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरूको महत्त्वपूर्ण भूमिका रहने बताए।

The post अडानको १९ औँ स्थापना दिवस भब्यरुपमा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    १ माघ , काठमाडौं । सहकारी संस्थाहरुले सहकारी विभागले उपलब्ध गराउने सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने, समान प्रकृतिको बचत र ऋणमा प्रकाशित गरेको ब्याजदर सबै सदस्यको…

    Read more

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    काठमाडौं । नेपाली चिया बगान, चिया उत्पादक र बिक्रेताहरुको छाता संगठन ‘नेपाल टि एशोसिएसन’ को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कमल मैनालीको सभापतित्वमा पुष २६ गते…

    Read more

    Leave a Reply

    You Missed

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान