एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना

काठमाडौं ।  एनसेल कम्पनीले नेपाली व्यवसाय क्षेत्रलाई सेवा दिन बिहीबार (२७ असार ) ‘बिज सधैं अन’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। यो नयाँ योजना कम्पनीको ‘सधैं अन’ योजनाकै एक हिस्सा रहेको एनसेलले जनाएको छ। कम्पनीका अनुसार ‘बिज सधैं अन’ योजना कम्पनीको ५जी भिजनमा आधारित छ।

एनसेलका अनुसार नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरूलाई आ–आफ्नो क्षेत्रमा ‘सधैं अन’को प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्‍याउनु ‘बिज सधैं अन’को उदेश्य रहेको कम्पनीले जनाएको छ। अनावश्यक रूपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरू पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरूका साथ महिनाभरी निर्धक्क सेवा उपलब्ध हुने यो योजनाको मुख्य विशेषता रहेका छन् ।

योजना अन्तर्गत एनसेलले उद्यमी व्यवसायीहरूका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लानहरू उपलब्ध गराउँछ। उद्यमी/व्यवसायीले जम्मा चार सय ९९ रूपैयाँ देखि एक हजार नौ सय ४९ रूपैयाँसम्मका पाँच वटा प्लानहरू खरिद गर्न सक्छन्। यसमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बन्डल गरिएको छ।

‘लायन्सगेट’ पब्लिक ट्रेडेड कन्टेटमा काम गर्दै आएको अन्तर्राष्ट्रिय कम्पनी हो। ‘मेरो लगानी’ एपले सेयर बजारमा हुने नाफा, नोक्सान लगायत ट्र्याक गर्छ।

ग्राहकले चार सय ९९ रूपैयाँको प्लानमा १७ जिबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्न सक्छन्। त्यस्तै ६ सय ४९ रूपैयाँमा ३० जिबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस सेवा प्राप्त गर्न सकिन्छ।

नौ सय ९९ रूपैयाँको प्याक अन्तर्गत ग्राहकले ६० जिबी डेटा, अनलिमिटेड टक टाइम र एक हजार वटा लोकल एसएमएस पठाउने सुविधा पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरूले एक हजार पाँच सय ९९ रूपैयाँ र एक हजार नौ सय ४९ रूपैयाँको मासिक प्लान खरिद गर्न सक्छन्।

खरिद गरेको मासिक प्लान अन्तर्गतको सेवाहरू सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा ५० रूपैयाँमा एक जिबी डेटामा बुस्टर प्याक खरिद गर्न सक्छन्। बुस्टर प्याक अन्तर्गत नै ग्राहकले ३० रूपैयाँमा एक जिबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन्। त्यस्तै ५० रूपैयाँमा ग्राहकले दुई जिबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन्।

बिजनेस तथा पोस्टपेड ग्राहकहरूले *१२३# डायल गरी ‘बिज सधैं अन’ प्लान खरिद गर्न सक्छन्।

नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पाटर्नरको रूपमा एनसेलले करिब दुई दशकदेखि आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सीप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को–लोकेसन, हाइस्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरू प्रदान गदै आएको छ।

एनसेलले स्थापनाकालदेखि नै सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरू प्रदान गर्दै आएको छ। कम्पनीले नेपालभर रहेका ३२ हजार बढी संघ-संस्था र व्यवसायका पाँच लाखभन्दा धेरै ग्राहकहरूलाई आफ्नो सेवाहरू उपलब्ध गराउँदै आएको छ।

‘एनसेलले उद्यमका समस्याहरू सम्बोधन गर्न र व्यवसाय बढाउन मद्दत गर्न विभिन्न समाधानहरू उपलब्ध गराउने काम गरिरहेको छ। हामीसँग त्यस्ता केही समाधानहरू तयार छन्। केही पाइपलाइनमा छन्,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘सहकार्य गरेर हामीले कनेक्टिभिटीको शक्तिलाई प्रयोग गर्न सक्छौं। अझै उन्नत प्रविधिहरूमा काम गर्न सक्छौं। र, इनोभेटिभ समाधानहरू ल्याउन सक्छौं जसले डिजिटल अर्थतन्त्रको दिगो वृद्धिलाई सहयोग पुर्‍याउँदै डिजिटल नेपाल भिजन २.० मा योगदान गर्नेछ।’

एनसेलले आम उपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवा उपलब्ध गराउँदै नेपाललाई ५जी जस्ता नयाँ प्रविधिका लागि तयार पार्ने लक्ष्य लिएको छ। साथै, व्यवसाय सञ्चालनमा फाइदा पुर्‍याउने सोलुसनहरूमा पहुँच पुर्‍याउने समेत लक्ष्य लिएको छ। ५ले अत्याधुनिक प्रविधि सञ्चालनमा ल्याउन सक्षम बनाउँछ जसले अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्नसक्ने कम्पनीको विश्वास छ।

सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरू, बहुराष्ट्रिय कम्पनीहरू, होटलहरू, व्यवसायीहरू र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरू प्रदान गर्दै आएको छ ।

The post एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना first appeared on Khabar Breaking.

  • Related Posts

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    २ कार्तिक, काठमाडौं । आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागेको हो ।…

    Read more

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    २ कार्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिए कारबाही गरिने बताउनु भएको छ । सर्वसाधारण…

    Read more

    Leave a Reply

    You Missed

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    • By
    • October 18, 2024
    • 2 views

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 13 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 12 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 13 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    • By
    • October 17, 2024
    • 11 views

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

    • By
    • October 17, 2024
    • 9 views