१८ असार, काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठकले काँग्रेस(एमालेबीच केपी शर्मा ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई समर्थन गर्ने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा मङ्गलबार बेलुकीसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो । ओली नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्न दलहरूलाई आह्वान गर्ने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ओली नेतृत्वमा बन्ने सरकारलाई समर्थन र मार्गप्रशस्तका निम्ति अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
The post एमाले सचिवालय बैठकले गरेको छ यस्तो निर्णय first appeared on Khabar Breaking.