९ असार, काठमाडौँ । प्रहरीले लागु औषधसहित काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भएर काठमाडौँ महानगरपालिका–९ बस्ने ३१ वर्षीय नारायण पल्ली मगर छन् ।
टोखा नगरपालिका वडा नम्बर–७ मा आरोपीले लुकाएर राखेको अवस्थामा प्रहरीले १२७ एम्पुल बुप्रेनर्फिन, १५४ एम्पुल डाइजेपाम र १३८ एम्पुल फेनारगन बरामद गरेको छ । उनीबिरुद्ध प्रहरी वृत महाराजगञ्जले लागु औषधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
The post काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट लागु औषधसहित एकजना युवक पक्राउ first appeared on Khabar Breaking.