सांकेतिक तस्बिर ।
६ असार, काठमाडौं । प्रथम सहकारी रोजगार मेला असार ७ देखि ९ गतेसम्म हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले बुधबार पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानकारी दिएको हो ।
महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिइन् । दिनप्रतिदिन युवाहरु विदेश जानुपर्ने परिस्थिति अन्त्य गरी मुलुकभित्रै सहकारीको माध्यमबाट रोजगार बनाउने उद्देश्यले मेला आयोजना गरिएको उनको भनाइ छ ।हाल नेपालमा ३१ हजार सहकारीमा एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिइन् ।
The post प्रथम सहकारी रोजगार मेला असार ७ देखि ९ गतेसम्म हुने first appeared on Khabar Breaking.