KhabarBreaking.com: कृषि विकास बैंकद्वारा फोन लोन सुचारु, विना धितो २ लाखसम्म कर्जा पाइने

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडद्वारा Instant फोन लोन सुचारु गरेको छ। बैंकले बढ्दो डिजिटल प्रविधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत, कृषि विकास बैंक लिमिटेडले ADBL Smart Plus App मा कर्जाको नयाँ सुविधा सुरु गरेको हो ।

यस सुविधा मार्फत, योग्य ग्राहकले २ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ग एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् । कृषि विकास बैंक लि मा तलवी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ्ग एपबाटनै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि EMI आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तानको विकल्प पनि रहने छ ।

ADBL इनिस्ट्यान्ट फोन लोन योग्य ग्राहकहरुले Buy Now, Pay Later सुविधा पनि प्राप्त गर्न सक्ने छन् । BNPL सुविधाको प्रयोग कुनै पनि फोन पे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकहरुले “Convert to EMI” सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग ADBL इनिस्ट्यान्ट फोन लोनमा दर्ता गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा स्फट्वेर मार्फत तय गरिन्छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ्ग एप भित्र फोन लोन व्यानर र च्भनष्कतभच बटन देखा पर्नेछ । ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इनिस्ट्यान्ट फोन लोन का सबै सेवाहरु प्राप्त गर्न सक्नेछन।

कृषि विकास बैंक लि। ले देशका ७७ जिल्लाका २८० भन्दा बढी कार्यालय, १२९ ब्त्ः मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ। बैंकले विशेषगरी कृषि क्षेत्रको अग्रणी बैंक भै कार्य गर्नुका साथै व्यक्तिगत कर्जा, मार्जिन लेण्डिङ्ग लगायत अन्य सबै क्षेत्रमा कर्जा प्रवाह गर्दै आईरहेको छ । बैंकले डिजिटल बैंकिङ्ग तर्फ समेत सबै प्रकारका सेवा सुविधा उपलब्ध गराउदै आएको छ ।

The post कृषि विकास बैंकद्वारा फोन लोन सुचारु, विना धितो २ लाखसम्म कर्जा पाइने first appeared on Khabar Breaking.

 

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडद्वारा Instant फोन लोन सुचारु गरेको छ। बैंकले बढ्दो डिजिटल प्रविधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत, कृषि विकास बैंक लिमिटेडले ADBL Smart Plus App मा कर्जाको नयाँ सुविधा सुरु गरेको हो ।
यस सुविधा मार्फत, योग्य ग्राहकले २ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ग एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् । कृषि विकास बैंक लि मा तलवी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल …
The post कृषि विकास बैंकद्वारा फोन लोन सुचारु, विना धितो २ लाखसम्म कर्जा पाइने first appeared on Khabar Breaking. 

 

अर्थ, देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    सरकार विरुद्ध विपक्षी दलहरूको घेराबन्दी

    आरपी गैरे. ८ कार्तिक ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको बर्तमान सरकारले सय दिन पुरा गरेको छ । सय दिनका अवधीमा सरकारले के कस्ता काम गरेर जनतालाई देखायो…

    Read more

    रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

    ८ कार्तिक, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२…

    Read more

    You Missed

    सरकार विरुद्ध विपक्षी दलहरूको घेराबन्दी

    • By
    • October 24, 2024
    • 1 views

    रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

    • By
    • October 24, 2024
    • 1 views

    सभापतिलाई पुर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको विरोधमा रास्वपाले अब काठमाडौंमा आन्दोलन गर्ने

    • By
    • October 24, 2024
    • 9 views

    ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार

    • By
    • October 24, 2024
    • 9 views

    सुनको मूल्य घट्यो

    • By
    • October 24, 2024
    • 11 views

    लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए शपथ

    • By
    • October 24, 2024
    • 9 views