KhabarBreaking.com: आईएफसीले ग्लोबल आइएमई बैंकलाई परामर्श सेवा दिने

​१५ चैत , काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो।
उक्त  सम्झौता बमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न …
The post आईएफसीले ग्लोबल आइएमई बैंकलाई परामर्श सेवा दिने first appeared on Khabar Breaking.”}]] 

​ 

अर्थ 

Khabar Breaking 

Read More 

१५ चैत , काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो।

उक्त  सम्झौता बमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्र्तराष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरुप परिमार्जन गर्ने लगायतका विषयहरुमा परामर्श प्रदान गर्नेछ । आईएफसीले जलवायु वित्त क्षमता निर्माणको लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरुमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ ।  साथै आईएफसीले ग्लोबल आइएमई बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरुलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिनेछ ।

सम्भौताअनुसारको आईएफसीको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैङ्गिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

देशका सतहत्तरै जिल्लामा शाखा सञ्जाल  विस्तार गर्नेमा ग्लोबल आइएमई  निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

The post आईएफसीले ग्लोबल आइएमई बैंकलाई परामर्श सेवा दिने first appeared on Khabar Breaking.

 

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    निबन्धकार शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक

    १० कात्तिक, काठमाडौँ । निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको छ । ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्राडा दयाराम श्रेष्ठ, बरिष्ठ कवि डा। विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष…

    Read more

    नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्दछुः अध्यक्ष ढकाल

    १० कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्वृद्धिमा प्रयोग गर्न आग्रह गर्नु भएको छ…

    Read more

    You Missed

    निबन्धकार शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक

    • By
    • October 26, 2024
    • 0 views

    नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्दछुः अध्यक्ष ढकाल

    • By
    • October 26, 2024
    • 0 views

    माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

    • By
    • October 26, 2024
    • 10 views

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    • By
    • October 26, 2024
    • 10 views

    बाँझो जमिनलाई खेतीयोग्य बनाउन प्रयास गरिरहेको छुः मन्त्री अधिकारी

    • By
    • October 25, 2024
    • 13 views

    वैदेशिक रोजगार, तथा श्रम ऐनका विषयमा संशोधनको प्रक्रिया अगाडि बढिरहेको छः मन्त्री भण्डारी

    • By
    • October 25, 2024
    • 11 views