अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ अमेरिकी विदेशमन्त्री ब्लिन्केन र युएसएआईडी प्रशासक पावरद्वारा नेपालको लोकतान्त्रिक प्रगति र सुधारलाई महत्त्व दिदै अमेरिका तथा प्रमुख परोपकारी संस्थाहरूबाट नयाँ प्रतिबद्धता घोषणा U.S. Embassy Kathmandu on September 21, 2023 at 11:00 am

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र युएसएआईडी प्रशासक पावरद्वारा नेपालको लोकतान्त्रिक प्रगति र सुधारलाई महत्त्व द

संयुक्त राष्ट्रसंघको महासभामा घोषणा गरिएका नयाँ प्रतिबद्धताहरूले सरकारी सुधारका प्रयासहरूलाई सहयोग गर्ने युएसएआईडीको डेमोक्रेसी डेलिभर्स कार्यक्रमको एक हिस्साका रूपमा सार्वजनिक सेवाहरूमा सुधारलाई सहजीकरण गर्ने

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा बुधवार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को “डेमोक्रेसी डेलिभर्स” कार्यक्रममा विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युएसएआईडी प्रशासक सामन्था पावरले फोर्ड फाउन्डेसन तथा रकफेलर फाउन्डेसनसँगको साझेदारीमा नेपाल लगायत लोकतान्त्रिक रूपान्तरणको अनुभव गरिरहेका अन्य मुलुकमा लगानी गर्ने सम्बन्धमा परोपकारी तथा निजी क्षेत्रका साझेदारहरूसँग बैठक गर्नुभएको छ ।

उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुनुभयो । साथै युएसएआईडीको डेमोक्रेसी डेलिभर्स इनिसिएटिभबाट सहयोगप्राप्त देशहरूको पहिलो समूहको नेतृत्वको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा युएसएआईडीले अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि नेपालले २० लाख अमेरिकी डलर प्राप्त गर्ने घोषणा गर्‍यो ।

लोकतान्त्रिक विकासका लागि युएसएआईडीको साझेदारी कार्यक्रममार्फत युएसएआईडी/नेपालले नेपालका लोकतान्त्रिक सुधारकर्ताहरूसँगको आफ्नो साझेदारीलाई प्रगाढ बनाउने र आधारभूत सुधारहरू अगाडि बढाउन समाजका सबै पक्षबाट सरोकारवालाहरूलाई भेला गर्ने उनीहरूको प्रयासमा सहयोग गर्ने उद्देश्यका लागि लचिलो, बहु-वर्षीय आर्थिक सहायता उपलब्ध गराउन हालै ६९ लाख अमेरिकी डलर प्राप्त गरेको छ ।

युएसएआईडी/नेपालका कार्यवाहक निर्देशक केरेन वेल्चले भन्नुभयो, “स्थानीय सुशासनलाई बलियो बनाउन र आफ्ना नागरिकका लागि सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नेपालको जारी प्रयाससँग मेल खाने गरी अतिरिक्त स्रोतलाई लगानी गरिनेछ ।”

The post अमेरिकी विदेशमन्त्री ब्लिन्केन र युएसएआईडी प्रशासक पावरद्वारा नेपालको लोकतान्त्रिक प्रगति र सुधारलाई महत्त्व दिदै अमेरिका तथा प्रमुख परोपकारी संस्थाहरूबाट नयाँ प्रतिबद्धता घोषणा appeared first on नेपालस्थित अमेरिकी दूतावास.

 

​The post अमेरिकी विदेशमन्त्री ब्लिन्केन र युएसएआईडी प्रशासक पावरद्वारा नेपालको लोकतान्त्रिक प्रगति र सुधारलाई महत्त्व दिदै अमेरिका तथा प्रमुख परोपकारी संस्थाहरूबाट नयाँ प्रतिबद्धता घोषणा appeared first on नेपालस्थित अमेरिकी दूतावास.  मन्तव्य तथा वक्तव्यहरू, समाचार नेपालस्थित अमेरिकी दूतावासRead More

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा U.S. Embassy Kathmandu on March 4, 2024 at 2:29 am

    युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा काठमाडौँ, नेपाल – आज अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित…

    Read more

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा U.S. Embassy Kathmandu on February 8, 2024 at 5:58 am

    युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा काठमाडौँ, नेपाल – अमेरिकी सरकारले युएसएआईडीमार्फत गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३…

    Read more

    You Missed

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 9 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    • By
    • December 20, 2024
    • 15 views

    Profile and Interviews: Why me???

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

    • By
    • December 19, 2024
    • 13 views

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 14 views