पुरा भएन पुर्व स्वास्थ्य मन्त्री गिरीको योजना

काठमाडौं – नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ।

आज बसेको सचिवालयको आकस्मिक बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको विश्वासको मत फिर्ता लिदै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्यमन्त्री गिरीको सत्ता यात्रा टुंगिएको हो।

माघ ३ गते स्वास्थ्य मन्त्रीमा नियुक्त भएका गिरीको पहिलो निर्णय सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने थियो। त्यसपछि स्वास्थ्य क्षेत्रसँग जोडिएको धेरै कार्यक्रममा उनले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने र कुनै पनि बिरामी उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउँदै आएका थिए।

गिरीले मृत्यु शैय्यामा पुगेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारीता र सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको रुपमा स्थापित गर्ने बताएका थिए।

उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाँकेमा दादुरा संक्रमण फैलिरहेको थियो। उनी प्रभावित अवलोकनमा पुगेर दादुरा संक्रमण नियन्त्रणको लागि खोप कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका थिए। अहिले बाँकेको दादुरा संक्रमण लगभग नियन्त्रणको अवस्थामा छ ।

उनले छोटो समयमा स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकारमा रहेको स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग लगायत उपत्यका बाहिरका केहि स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरु अवलोकन गरेका थिए। ति संस्थाहरुका बारेमा जानकारी लिएर स्वास्थ्य क्षेत्रको विकासका लागी हातेमालो गर्न अनुरोध गर्नुका साथै उनले यी संस्थाहरुलाई केहि निर्देशन पनि दिएका थिए।

स्वास्थ्य सेवा विभागको अनुगमनमा पुग्दा उनले कोभिड संक्रमणको जोखिमबाट बच्न बुस्टर डोजको व्यवस्था गर्न निर्देशन दिएका थिए। त्यसपश्चात स्वास्थ्य सेवा विभागको खरिद तथा व्यवस्थापन महाशाखाले दुई पटक ४५/४५ हजारको दरले गरि ९० हजार खोप आएको छ।

त्यस्तै, उनले खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको भन्दै पारदर्शी बनाएर काम गर्न चेतावनी दिएका थिए।

नेपाललाई अत्यावश्यक औषधी उत्पादनमा आत्मनिर्भर बन्ने लैजान औषधि व्यवस्था विभागलाई कार्ययोजना बनाउन निर्देशन दिएका छन्।

गिरीले नर्सलाई कम पारिश्रमिकमा काम लगाउने निजी स्वास्थ्य संस्थालाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता गरेका थिए।

अस्पतालमा उपचारका लागी घण्टौं लाइनमा बस्नुपर्ने र जटिल प्रकारका समस्याको उपचारका लागी महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न अस्पतालहरुलाई सुझाएका थिए।

केहि समय यता ‘एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम उनको प्राथमिकतामा थियो।

स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा सोमबार (आज) मात्रै उनले सरकारी चिकित्सक वा स्वास्थ्यकर्मीलाई निजी अस्पताल वा स्वास्थ्य संस्थामा काम गर्न नदिइने बताएका थिए।

४२ दिनको सत्ता यात्रामा उनी विवादमा रुमलिएन्। उनले यो अवधिमा अनुगमनलाई तिव्रता दिए ।

 

काठमाडौं – नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ। आज बसेको सचिवालयको आकस्मिक बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको विश्वासको मत फिर्ता लिदै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्यमन्त्री गिरीको सत्ता यात्रा टुंगिएको हो। माघ ३ 

 

Read More 

मुख्य खबर, विशेष, पदम गिरी 

Health Post Nepal 

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 9 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 9 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 10 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 8 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 8 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 11 views