ह्वात्तै घट्यो सुनको मूल्य

 

 

काठमाडौं पुस १० । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य ओरालो लागेको जानकारी दिएको हो । अघिल्लो साताको शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९३ हजार १०० रुपैयाँ कायम छ ।

साताको पहिलो कारोबार दिन आइतबार ४०० घटेर सुरु भएको कारोबार सोमबार तोलामा २०० ले बढेको सुनको मूल्य मंगलबार र बुधबार घट्दै प्रतितोला ९२ हजार ६०० रुपैयाँसम्म आइपुगेको थियो । फेरि बिहीबार र शुक्रबार बढ्दै साताको अन्तिम दिनसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, अघिल्लो साताको शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १० रुपैयाँले बढेको छ । हिजो शुक्रबार चाँदीको प्रतितोला मूल्य १२ सय ६० कायम रहेको महासंघले जानकारी दिएको छ ।

  • Related Posts

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    ९पुष, तनहुँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताउनु भएको छ । आज…

    Read more

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    ९ पुष ,काठमाडौं । कोटेश्वर व्यवसायी संघको आयोजनामा ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ हुने भएको छ। संघले आफ्नो १९औं स्थापना दिवसको अवसरमा यही पुष १२ र १३ गते कोटेश्वरको तिनकुने चौरमा…

    Read more

    You Missed

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    • By
    • December 24, 2024
    • 7 views

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    • By
    • December 24, 2024
    • 7 views
    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला

    • By
    • December 24, 2024
    • 8 views

    लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

    • By
    • December 24, 2024
    • 8 views

    नेपाल समुद्रपार निकासी पैठारी संघमा शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • December 24, 2024
    • 8 views

    पोखरामा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन हुने

    • By
    • December 24, 2024
    • 8 views