हिलटप जुनार  बहुउद्देश्यीय सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । काठमाडौंको तिनकुनेमा मुख्य कार्यालय रहेको हिलटप जुनार  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले भदौ २८ गते सिन्धुली जिल्ला सेवाकेन्द्र र असोज १ गते काठमाडौं , ललितपुर , भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका सेवा केन्द्रका साधारणसभा सम्पन्न गरेपछि असोज ६ गते काठमाडौंमा अन्तिम निर्णय प्रमाणिकरण सभा आयोजना गरेको हो।

संस्थाका कार्यवाहक अध्यक्ष देवी खड्काको सभापतित्व र सिन्धुली जिल्लाबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि सभाका सदस्य लेखनाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव बिष्ट , राष्ट्रिय सहकारी बैंकको बानेश्वर शाखा प्रमुख विनोद भट्टराई लगायतको उपस्तिथि रहेको थियो।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

कार्यक्रममा सांसद दाहालले सहकारी क्षेत्रमा हाल देखिएको अन्यौल , अविश्वास र संकट समाधान गर्नको लागि अधिकार सम्पन्न सहकारी प्राधिकरणको आवश्यकता रहेको बताए । सबै सहकारी संस्थाहरुले कोपोमिस प्रणाली लागू गरि वित्तीय सुशासनमा ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए।

राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव बिष्टले देशभर ३० हजार सहकारीहरु रहेको र करिब ५ सय संस्थामा समस्या आएकोमा समग्र सहकारी क्षेत्रलाई नै दोष दिनु उपयुक्त नहुने बताए। सहकारीका सदस्यहरुले आफ्नो संस्थाप्रति अपनत्व लिएर कारोबार गर्ने र आवश्यक जानकारी राख्ने गरेमा समस्या नआउने उनले बताए।

आर्थिक वर्ष २०८०/८१ मा यस सहकारीको शेयर पूँजी रु४,७९,९९,०००/- र कुल वासलात रु४२,२९,५०,४७५.२९ कायम भएको छ। संस्थाको जगेडा र अन्य कोष रु. २,४९,५१,७०५.९२ रहेको छ। संस्थाको संचालन मुनाफा रु. २३,५४,८१६.४८ रहेको छ।

The post हिलटप जुनार  बहुउद्देश्यीय सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 20 views