हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ साधारणसभा सम्पन्न

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार (२७ मंसिर ) संंस्थाका अध्यक्ष बिजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा आगामी ४ वर्षको कार्यकालका लागि कृष्णप्रसाद अधिकारी र शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको छ ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले शेयरधनिका प्रश्नहरुको जवाफ दिएका थिए भने सभाका अध्यक्ष बिजय मान नकर्मीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार तथा धन्यवाद व्यक्त  गरेका थिए ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको तथा राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ५० करोडभन्दा बढी लगानी गरेकोे छ ।

The post हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    २पुष, काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध हुनु भएको छ । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी…

    Read more

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    २ पुष,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।  बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    • By
    • December 17, 2024
    • 11 views

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 17, 2024
    • 11 views

    राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

    • By
    • December 17, 2024
    • 10 views
    राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

    सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियान

    • By
    • December 16, 2024
    • 8 views
    सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियान

    अर्थमन्त्री थाइल्याण्ड प्रस्थान

    • By
    • December 16, 2024
    • 10 views

    Profile and Interviews: रात्रि 1:30 महाराज जी के दुर्लभ दर्शन 🥰।। मेरो वृंदावन धाम 🙏।।#viral #premmandirvrindavan