काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले देशका लागि राजा र हिन्दु राष्ट्रको पुनर्स्थापना हुनुपर्ने माग गरेका छन। अहिलेको स्थितिबाट जनता सन्तुष्टि नभएको उनले बताए । राप्रपाको काठमाडौंमा जारी महाधिनेशनमा बोल्दै पूर्वप्रधानमन्त्री चन्दले यस्तो बताएका हुन् ।
उनले भने, ‘राष्ट्रीय अखण्डता र सार्वभौमिकता कायम राख्नु हाम्रो संकल्प हो । जनताको सुःख र समृद्धिका लागि निरन्तर प्रयास गर्ने पनि हाम्रो संकल्प हो । राजा र हिन्दु राष्ट्रको पुर्नस्थापना हुनुपर्छ देशको लागि ।’
प्रचण्ड, माधव नेपालप्रति लक्षित गर्दै उनले भने, तपाईंहरुको संघर्ष अहिलेको परिस्थिति ल्याउन हो त रु अहिलेको स्थितिले जनता सन्तुष्टि छैनन् । परिवर्तन आवश्यक छ । अहिले गलत छोपेको छ । प्रोपोगान्डाले सत्यलाई ढाकिदिएको छ।’
चन्दले भने, ‘गद्धी त्यागेपछि पनि भीडका भीड टिका लगाउन आउँछन् । जनताको आस्था छ भन्ने प्रमाणीत छ । राजालाई स्थान दिऔं कि बरु छलफल चलाउनोस् म पनि आउँछु।’