स्वतन्त्रतामा अदम्य साहस र शक्ति रहेको हुन्छ

बिष्णु प्रसाद शर्मा,

 

इतिहास पढेका बिद्यार्थीहरुले धेरै प्रकारका आस्था, भ्रम, बिश्वास, यथार्थता, समयकाल र गर्न हुने वा नहुने कामहरुको झलक सम्झिन सक्दछन । नागरिकता बिधेयकले नेपालको सार्वभौमिकता र जनता प्रतिको बिश्वासमा प्रहार भएको छ । स्वतन्त्र आफैमा महत्वपूर्ण कुरा हो । जुन ब्यक्ति स्वतन्त्र रहन्छ उसलाई बाह्य शक्तिको साथ नरहेता पनि भित्री आत्मवलले साथ दिइरहन्छ । कोही कसै प्रति उसले आसा वा भरोसा गरेको पनि हुदैन र सदैव स्वतन्त्र नै भएर सोचिरहेको हुन्छ । स्वतन्त्र सोचाइले समाज वा ब्यक्तिलाई क्षेति पुयाउने काम गर्ने र लाभको लोभमा दविनु पर्दैन । नेपालमा दलीयताले पुयाएको गम्भिर असर भनेकै गुट, फुट, धर्म, संस्कृति र झै झगडा, झमेलाले बिश्वासलाई धरातलमा पुयाएको छ । धार्मिक आस्थाले भरिपूर्ण रहेका अरु प्रति सम्मानजनक ब्यवहार गर्न जानेका नेपाली जनताको आस्थामा गम्भिर प्रहार दलीय ब्यवस्थाले भित्रायाएको अक्षम्य अपराध र नियोजित प्रयास थियो । जनताले नबुझेर यो प्रयास सफल भयो । समाज भाँडियो । घर ब्यवहार, खेती उव्जनी, अनुशासन, नैतिक जिम्मेवारी र कर्तव्य नालिको भेलले पखाल्दै लग्यो र युवा देखि बृद्ध सम्मै छाडा र अराजक बन्दै गएका छन ।
कानुन भनेको गर्नु भनेको गर्नु पर्दछ र नगर्नु भनेको गर्नै हँुदैन भन्ने हो । बिचलन त्यही गम्भिर रहेको छ र न्याय मरेको छ । स्वतन्त्रतामा अदम्य शाहस र शक्ति रहेको हुनछ । स्वतन्त्रतालाई इश्वरले साथ दिने गर्दछ र सहयोग पाइरहेको हुन्छ भनेर नजर अनदाज गर्नु पर्ने छ । बिश्वभरीका देशका प्रधानमन्त्रीहरुको बोली, काम काज र देश र जनता प्रतिको उत्तरदायित्व बारेमा चनाखो बनेर हेरिराखेका हुन्छन । नेपालमा त्यसको बिपरित छ ।
बि. स. १९८३ मा बाल तपस्वी महाप्रभुले चारवटा मौजा खरिद गरि चेलाका नाममा जिमदारी बहाली गरिदिएको गुठी नष्ट गरेर सेवक पाल्ने काम गर्ने र देशभरीका गुठीहरु पुर्खाले धर्मको रक्षार्थ राखिदिएको गुठि मासेर धर्म, संस्कारलाई प्रहार गर्ने कार्यहरु राजनेताबाट कदापी हुँदैन ।
नेपाली जनतामा दलीय ब्यवस्था प्रति बितृष्णा पैदा भएको छ र परिणाम स्वतन्त्र उम्मेदवारले भारी मतले बिजय प्राप्त गरेका छन । पराजय हुनेहरुले पनि जनताको ठूलो भरोसा प्राप्त गरेका छन । धरान र काठमाण्डौका बारेमा दलहरु भित्र ठूलै हलचल मच्चिएको छ । स्वतनत्र बिजेतालाई असफल बनाएर दलीयताको प्रभाव जनतामा लाद्ने प्रयास जारी छ । यो ठूलो उनीहरुको भूल सावित हुने छ । स्वतन्त्र ब्यक्तिले कसैको प्रभावमा नपरि कानुन र जनताको निर्देशनमा रहेर काम गर्दा देशले प्रगति गर्ने छ र बिकार र बिकृतिहरुले भागने अबस्था आउने छ भनेर सबैले बुझनु जरुरी छ । दलीयताको पुच्छर समातेर बैंतरणी पार गरिदैन बरु स्वतन्त्र रहेर राष्ट्र, राष्ट्रियताको जगेर्ना गर्न सकिन्छ भनेर बुझौं । यसरी नेपालको संरक्षण गर्न सकिन्छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुन्छ ।

  • Related Posts

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    ६ कात्तिक, काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो ।…

    Read more

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    ६ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै हुनुन्छ । सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई…

    Read more

    You Missed

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    • By
    • October 22, 2024
    • 8 views

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    • By
    • October 22, 2024
    • 8 views

    साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

    • By
    • October 22, 2024
    • 8 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

    • By
    • October 22, 2024
    • 8 views

    वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

    • By
    • October 21, 2024
    • 10 views

    श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

    • By
    • October 21, 2024
    • 12 views