काठमाडौँ । नेपाल स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । एसोसिएसनको शुक्रवार (२१ मंसिर ) भएको निर्वाचनमा उनले अध्यक्षका अर्का उम्मेदवार राजकुमार तिमल्सिनालाई हराएका हुन् । ढकालले ४५ मत पाउँदा तिमल्सिनाले ४३ मत पाएको प्रमुख निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिए ।
एसोसिएसनको उपाध्यक्षमा निकेश कुमार अग्रवाल ५३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले ३४ मत पाएका छन् । त्यस्तै, महासचिवमा भक्तिराम घिमिरे ४८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी गोविन्द शर्मा गैरेले ३८ मत प्राप्त गरे ।
सचिवमा विनय रेग्मीले ५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण गिरीले ३५ मत ल्याएका छन् । कोषाध्यक्षमा मदन पौडेल ४६ मतसहित विजयी भएका छन् । अर्का प्रतिस्पर्धी अनिश अर्याल ४२ मत प्राप्त गरे ।
त्यस्तै चार सदस्यहरूमा जेलिना कँडेल ६८ मत, विशाल कुमार अग्रवाल ६४, जयन्त श्रीवास्तव ५५ प्रियान्सु अग्रवालको ४८ मतसहित विजयी भएको प्रमुख निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिए ।
The post स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित first appeared on Khabar Breaking.