‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक विजेता घोषणा

१८ असोज, काठमाडौं । ‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक विजेता घोषणा गरेको छ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले चाडपर्वको अवसरलाई रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको हो । यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेसले लक्की ड्र मार्फत दोस्रो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको कम्पनीले बताएको छ ।

भाट(भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गरेकी नीता बराललाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्ससले माइक्रोवेभ उपहार जितेकी छन् । श्रीमती नीता बरालका श्रीमान् पूर्णेन्दु बरालले उपहार प्राप्त गरेका थिए, जुन स्मार्ट एप्लायन्सेसका प्रतिनिधि अमित ठाकुरले हस्तान्तरण गरेका थिए ।

साथै बम्पर पुरस्कारमा एकजना ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्नेछन् । साथै, ग्राहकहरूले स्काईवर्थका विभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुटको मजा लिन सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ ।

उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् । यो योजना कार्तिक ३० लागु हुने कम्पनीले बताएको छ ।

The post ‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक विजेता घोषणा first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views