सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगको निर्देशन

३ मंसिर, काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ । मतदान सम्पन्न भएपश्चात् सोही दिन मतपत्रसहितका मतपेटिका सुरक्षित तवरले मतगणनास्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

उपनिर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्णपालना गर्न गराउन, आचारसंहिता पालना भएरनभएको अनुमगन गर्न र निषेधित कार्य भएरगरेको पाइएमा तत्काल कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ ।

यही मङ्सिर ५ देखि मतगणना सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधन आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।

The post सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगको निर्देशन first appeared on Khabar Breaking.

  • Related Posts

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    ६ मंसिर, काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता शुक्रवार हुने भएको छ । कोषले आज एक सूचना जारी गर्दै सो जनकारी दिएको हो । अन्तरवार्ता भोलि ९शुक्रवार० बिहान…

    Read more

    नेपाल-भारत सैन्य हित सम्बन्धि वार्ता आज

    ६ मंसिर , काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार काठमाडौं आइपुगेका भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीसंग नेपाल र भारतका  सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय…

    Read more

    Leave a Reply

    You Missed

    Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral

    Profile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sad

    Profile and Interviews: Kaisa Lga Himanshi Ka Dance

    Profile and Interviews: محديش يزعل الاطفال || 🥹💔 ،#shorts

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    • By
    • November 21, 2024
    • 1 views

    नेपाल-भारत सैन्य हित सम्बन्धि वार्ता आज

    • By
    • November 21, 2024
    • 1 views