सुपर मादी हाइड्रोपावर लिमिटेडको पाँच प्रतिशत बोनस शेयरको प्रस्ताव स्वीकृत

५ कार्तिक , काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गरेको छ। कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुङ्गानाको अध्यक्षतामा सोमबार सम्पन्न साधारणसभाले हालको चुक्ता पूँजी रु. २ अर्ब १० करोडको ५% को दरले हुने रु. १० करोड ५० लाख बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश रु. ५५,२६,३१६/- स्वीकृत गरेको हो।

सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धि टिप्पणीहरूसमेत पारित गरेको छ ।

यस सुपर मादी हाइड्रोपावर लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्ला, मादी गाउँपालिका स्थित मादी खोलामा ४४ मेगावाटको जलविद्युत आयोजना सम्पन्न गरि मिति २०७९ चैत महिनाबाट व्यवसायीक उत्पादन शुरु गरेको छ।

समीक्षा आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब २६ करोड ५८ लाख ७२ हजार आम्दानी गरेको जनाएको छ।

The post सुपर मादी हाइड्रोपावर लिमिटेडको पाँच प्रतिशत बोनस शेयरको प्रस्ताव स्वीकृत first appeared on Khabar Breaking.

  • Related Posts

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    ६ कात्तिक, काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो ।…

    Read more

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    ६ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै हुनुन्छ । सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई…

    Read more

    Leave a Reply

    You Missed

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    • By
    • October 22, 2024
    • 6 views

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    • By
    • October 22, 2024
    • 6 views

    साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

    • By
    • October 22, 2024
    • 6 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

    • By
    • October 22, 2024
    • 6 views

    वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

    • By
    • October 21, 2024
    • 9 views

    श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

    • By
    • October 21, 2024
    • 11 views