![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
सुनचाँदीको मुल्य घट्यो
१५ माघ, काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।