फाइल फोटो
१२ मंसिर, काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी आज १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
The post सुनको मूल्य बढ्यो first appeared on Khabar Breaking.