५ मंसिर, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बढेर तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको हो ।
अघिल्लो दिन मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो । जसआधारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको हो ।
यसैगरी बुधबार चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो ।
The post सुनको मूल्य बढ्यो first appeared on Khabar Breaking.