१४ असार, काठमाडौं । सिन्धुपाल्चोकमा मध्यराति हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्प बिर्सि नसकेका सर्वसाधारण फेरि त्रसित भएका छन् । वर्षा भइरहदा पनि उनीहरु घर बाहिर निस्किएका थिए । भूकम्पका कारण अहिले सम्म कुनै क्षतिको खबर आएको छैन ।
The post सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का महशुस first appeared on Khabar Breaking.