साहस उर्जा लिमिटेडको१:१ हकप्रद शेयर पारित, अध्यक्षमा पुनः पाठक

४ कार्तिक , काठमाडौं । साहस उर्जा लिमिटेडको संचालक समितिका अध्यक्षमा पुनः हिम प्रसाद पाठक चयन भएका छन् । आइतबार सम्पन्न कम्पनीको आर्थिक वर्ष २०८०/८१ तथा अघिल्ला वर्षको संयुक्त वार्षिक साधारणसभाले संचालकहरुको निर्विरोध निर्वाचन सम्पन्न गरेको हो।

नवनिर्वाचित संचालक समितिमा संस्थापक समुहबाट हिम प्रसाद पाठक, सुशील थापा , मुक्तिराम पाण्डे र महेन्द्र कुमार गिरी रहेका छन् । सर्वसाधारण समुहबाट गरिमा अधिकारी र आङ्गेलु शेर्पा तथा स्वतन्त्र संचालकमा विभुती ओझा चयन भए।

साधारणसभाले कम्पनीको हालको चुक्ता पुँजी रु. ३ अर्ब ५० करोडको ८% का दरले हुने रु. २८ करोड बोनस शेयर र सो को कर प्रयोजनका लागि ०.४२१% का दरले हुने रु. १,४७,३६,८४२/११ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

त्यस्तै , कम्पनीको बोनस शेयर वृद्धि पश्चात् हुन आउने चुक्ता पुँजी रु. ३ अर्ब ७८ करोडको १:१ अर्थात १००% हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्यो।

सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धि टिप्पणीहरूसमेत पारित गरेको छ । त्यससँगै अघिल्ला आर्थिक वर्षका प्रतिवेदन समेत पारित भए।

साहस साहस उर्जा लिमिटेडले सोलुखुम्बु जिल्लाको सोलु खोला ( दुधकोशी ) मा ८६ मेगावाटको जलविद्युत आयोजना सम्पन्न गरी मिति २०७९/११/१७ देखि सफलता पूर्वक व्यवसायीक उत्पादन शुरु गरेको छ। यो निजी क्षेत्रबाट निर्मित सबैभन्दा ठुलो र देशकै तेस्रो ठुलो जलविद्युत परियोजना समेत हो।

साधारणसभामा अध्यक्ष पाठकले शेयरधनीहरुको लगानी सुरक्षा गर्न र उच्च प्रतिफल दिने कुरामा संचालक समिति प्रतिबद्ध रहेको बताए । उनले कम्पनीले अब ३४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशय परियोजना निर्माण सम्पन्न गर्ने गरि प्रक्रिया अघि बढाउने जानकारी दिए।

The post साहस उर्जा लिमिटेडको१:१ हकप्रद शेयर पारित, अध्यक्षमा पुनः पाठक first appeared on Khabar Breaking.

  • Related Posts

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    ६ कात्तिक, काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो ।…

    Read more

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    ६ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै हुनुन्छ । सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई…

    Read more

    Leave a Reply

    You Missed

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    • By
    • October 22, 2024
    • 0 views

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    • By
    • October 22, 2024
    • 0 views

    साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

    • By
    • October 22, 2024
    • 0 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

    • By
    • October 22, 2024
    • 0 views

    वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

    • By
    • October 21, 2024
    • 9 views

    श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

    • By
    • October 21, 2024
    • 11 views