११ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रमिकको जीवनमा आइपर्ने ‘कोखदेखि शोकसम्म’का अप्ठ्यारामा सामाजिक सुरक्षा कोषले आर्थिक दायित्व वहन गर्दै आइरहेको बताउनु भएको छ ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले सरकारी सेवामा रहेका अस्थायी र करारका कर्मचारीलाई कोषमा आबद्ध गराउन अर्थ मन्त्रालयसँग परामर्श भइरहेको जानकारी दिनु भयो । निजी क्षेत्रले आफ्ना श्रमिकलाई कोषमा आबद्ध गर्न ढिलो गर्न नहुने बताउनु भयो । मन्त्री भण्डारीले सामाजिक सुरक्षा योजना कार्यान्वयनका जटिलता अन्त्य गर्न मन्त्रालयले विज्ञ समिति गठन गरेर अध्ययन जारी राखेको बताउनु भयो । उहाँले कोषका योजनालाई समयसापेक्ष बनाउन बाधक नीतिगत तथा कानुनी विषय निरुपण गर्न लागिपरेको समेत उल्लेख गर्नु भयो ।
The post सामाजिक सुरक्षा योजना कार्यान्वयन गछौंः मन्त्री भण्डारी first appeared on Khabar Breaking.