साझा यातायातको सिइओमा दरखास्त आह्वान

फाइल तस्बिर ।

२९ पुस , काठमाडौं । साझा यातायातले रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा आवेदन माग गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पूर्ति गर्ने गरी साझाले सोमबार सिइओमा दरखास्त आह्वान गरेको हो ।

सिइओ पद रिक्त रहेकाले खुला प्रतिस्पर्धाबाट पूर्ति गर्नेगरी योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरिएको साझाले जनाएको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेका, कुनै सरकारी सेवा, प्रचलित कानूनबमोजिम दर्ता भएका संगठित संस्था वा अन्तर्राष्ट्रिय संघरसंस्थाको अधिकृतस्तरमा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणी वा दशौं तह वा सो सरहको पदमा सात वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । आवेदन साझाको पुल्चोकस्थित प्रधान कार्यालयमा गएर २१ दिनभित्र दिन सकिनेछ ।

notice sajha AMERICA KHABAR January 13, 2025

The post साझा यातायातको सिइओमा दरखास्त आह्वान first appeared on Khabar Breaking.

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    चार संसदीय समितिको बैठक बस्दै

    फाइल तस्बिर । २९ पुस , काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी…

    Read more

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    २९ पुस, धनगढी । आज सोमबार (जिता पर्व) माघी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघी पर्व पुसको अन्तिम दिनदेखि सुरु हुने भएकाले आन्तरिक…

    Read more

    Leave a Reply

    You Missed

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

    आज तीनवटा संसदीय समितिको बैठक बस्दै

    पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली