
साउन १६ गतेको लागी एमालेको भब्य तयारी
काठमाडौं १२ साउन । महंगी र भ्रष्टाचारविरुद्ध नेकपा (एमाले) ले काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । एमालेले साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो ।
बिहीबार एमालेको पार्टी कार्यालय च्यासलमा उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुखसहितको बैठकमा जनप्रदर्शनलाई भव्य र व्यापक बनाउन आन्तरिक तयारी गरेको छ । बसन्तपुरबाट दिउँसो २ बजेबाट जनप्रदर्शन शुरू गर्ने एमालेको तयारी छ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महंगीले जनता ठूलो मारमा परेपनि महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खवरदारी गर्नुपर्ने बताए। उनले जनप्रदर्शनलाई व्यवस्थित र संगठित शक्तिलाई परिचालन गर्न निर्देशन दिए । बैठकमा महासचिव शंकर पोखरेलले जनप्रदर्शन प्रभावकारी बनाउन निर्देशन दिए ।