काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रणालीबाट पेसी तोकिएको छ। पहिलो दिन दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन्।
न्यायाधीशहरु मीरा खड्का र डा कुमार चुडालको एक इजलास गठन हुँदा दीपककुमार कार्की र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकुमार कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको छ।
त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्मा, अनिता कुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरि प्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको बसेको पूर्ण (फुल कोर्ट) बैठकले आजदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो।