सर्बाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक

२० असोज, काठमाडौं । ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हाँसिल गरेको छ । आठ हजार भन्दा बढी ग्राहकमा गरिएको एक सर्भेमा ब्राण्ड प्रति सर्बाधिक सन्तुष्ट ग्राहकहरु नथिङले हाँसिल गरेको हो ।

नथिङका अनुसार आफ्नो तेश्रो जेनेरेसनको अपरेटिङ् सिस्टम नथिङ ओएस ३ अक्टुबरमा रोल आउट गर्ने घोषणा पनि गरेको छ । नथिङले आफ्नो नयाँ बड्स नथिङ इअर ओपनको गत अक्टुवर २६ मा लण्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटीङ् सिस्टमको समेत जानकारी दिएको हो ।

स्मार्टफोन तथा एक्सेसोरिज्का क्षेत्रमा रिभुलेसनरी डिजाईन, एक्सिलेन्ट परफरमेन्स र एफोर्डेबल प्राईसिङ्का माध्यमबाट आम उपभोक्ताको मन हर्न सफल भएको नथिङ नेपाली बजारमा चौधरी समूहले आयात तथा विक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा नथिङले अतुलनिय विक्री पश्चातको सेवा प्रदान गर्ने नीति लिएको छ । नथिङका स्मार्टफोन तथा एक्सेसोरीज्मा कुनैपनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ स्मार्टफोन आफ्ना ग्राहकलाई दिने गरेको छ । नथिङका अनुसार, यी र यस्तै सेवाग्राही प्रतिको उच्च प्रतिबद्धताका कारण ग्राहक सन्तुष्टिमा नथिङ सर्बोत्कृष्ठ ब्राण्ड बन्न सफल भएको विज्ञहरुको प्रतिक्रिया रहेको छ ।

हाल नेपाली बजारमा नथिङ तथा नथिङको सब ब्राण्ड सिएमएफ बाई नथिङका स्मार्टफोन तथा एक्सेसोरीजहरु सर्बत्र उपलब्ध छन् । भारतीय बजारसँग प्रतिस्पर्धा गर्ने मूल्य, उत्कृठ फिचर र सर्बोत्कृष्ठ विक्री पश्चातको सेवाले नथिङ नेपाली बजारमा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।

The post सर्बाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views