
सरकारमा सहभागी हुने वा नहुने भन्ने बारे लोसपा नेता राजेन्द्र महतो यसो भन्छन्
फाइल तस्वीर ।
काठमाडौं २४ साउन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा चाँडै टुंगो लाग्ने बताएका छन् ।
मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी हुने र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने बारेमा छलफल भइरहेको बताए ।
‘हामी चुनावको तयारीमा लागिसकेका छौं । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाटआमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौं,’ उनले भने, ‘छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’