समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

७ कार्तिक , काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा  सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घ, जीवन बीमक सङ्घ र नेपाल माइक्रो इन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख री फाउन्डेसन तथा माइक्रो इन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन आयोजना भएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालका अनुसार कात्तिक ९ गतेसम्म सञ्चालन हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्नेलगायत विषयमा छलफल हुनेछ ।

यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा ‘डिजिटल’ प्रविधि अवलम्बन र समावेशी बीमा क्षेत्रका अवरोध हटाउनेसम्बन्धी रणनीति तयार गर्नेलगायत विषयमा पनि छलफल केन्द्रित हुने जानकारी उनले दिए ।

सम्मेलनमा नेपालसहित ४४ देशका बीमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु गरी चार सयभन्दा बढीको सहभागिता छ ।

The post समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी first appeared on Khabar Breaking.

  • Related Posts

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट ६ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।…

    Read more

    एक सय आठ जना कर्मचारी माग (सूचनासहित)

    फाइल तस्बिर । ७ कार्तिक, काठमाडौँ । करार सेवामा काम गर्नको लागि काठमाडौँ महानगरपालिकाले एक सय आठ जना कर्मचारी मागेको छ। स्वास्थ्य तर्फका विभिन्न पदका लागि एक सय आठ जना…

    Read more

    Leave a Reply

    You Missed

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    • By
    • October 23, 2024
    • 9 views

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    • By
    • October 23, 2024
    • 8 views
    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    एक सय आठ जना कर्मचारी माग (सूचनासहित)

    • By
    • October 23, 2024
    • 8 views
    एक सय आठ जना कर्मचारी माग  (सूचनासहित)

    खानेपानीमन्त्री यादवका सय दिन, यस्ता छन उपलव्धि

    • By
    • October 22, 2024
    • 8 views

    बाजेको सेकुवा कारबाहीमा

    • By
    • October 22, 2024
    • 8 views

    सरकारले पुर्वाग्रह राखेर विपक्षी नेतालाई पक्राउ गर्यो: दाहाल

    • By
    • October 22, 2024
    • 8 views