२० मङ्सिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले नेपालको संविधानले सबै धर्मावलम्बीको अधिकार सुनिश्चित गरेको बताउनुभएको छ ।
राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपाल जिल्ला समिति मकवानपुरको आयोजनामा मङ्गलबार हेटौँडामा आयोजित ख्रिस्टमस उत्सव २०८१ तथा नव वर्ष सन् २०२५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले सबै धर्म र पर्व मान्न पाउने गरी संविधानमा अधिकारको व्यवस्था भएको बताउनु भयो ।
उहाँले सबैले आफ्नो धर्म र संस्कृति मान्न पाउने र त्यो अनुसारको पर्व मनाउन पाउने अधिकार संविधानले सुनिश्चित गरेको बताउनुभयो ।
उहाँले पञ्चायत कालमा धर्म प्रचार गर्न नपाउने, एकल धर्म मात्र थियो र गिरफ्तारसमेत गरिन्थ्यो भन्दै विभेद र छुवाछुत कम हुँदै गएको र मनमा करुणा भाव भयो भने धेरै कुरा मिल्ने धारणा राख्नुभयो ।
The post सबै धर्म र पर्व मान्न पाउने गरी संविधानमा अधिकारको व्यवस्था भएको छः मुख्यमन्त्री first appeared on Khabar Breaking.