![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
सञ्चारमन्त्री कार्की भन्छन् -नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध छ
काठमाडौं २९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको बताए ।
बिहीबार बिहान सामाजिक सञ्जालमा लेखिएका छन्, ‘पछिल्ला केहि दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ ।’
उनले खोप अभियान तीव्र गतिमा अगाडि बढेको बताए । मन्त्री कार्कीले भने, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ’ उनले आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे ।