
सञ्चारकर्मीलाई अध्यक्ष महन्थ ठाकुरले दिए यस्तो जवाफ
फाइल तस्विर
जनकपुर,२९ माघ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीमा कुनै विवाद नरहेको बताएका छन । उनले पार्टी छोडेर जानेहरूलाई रोक्न नसकिने बताए।
ठाकुरले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउँदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत बताए। एमसिसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताए ।
जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताए।
उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्वपूर्ण विषय भएको बताए।
अध्यक्ष ठाकुरले एमसिसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताए।