संघीय संसद्अन्तर्गत आज सातवटा संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

१४ भदौ, काठमाडौं । संघीय संसद्अन्तर्गत आज सातवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अनुगमन तथा मूल्यांकन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

अर्थ समितिको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन( विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । त्यसका लागि बिहान नौ बजे बैठक बोलाइएको छ । त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल संघीय संसद् सचिवालयले जनाएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ ।

निर्माण सम्पन्न भइसकेका विभिन्न हाइड्रोपावरको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिमा देखिएका समस्या र रोल्पा जिल्ला परिवर्तन गाउँपालिकामा भोग चलनमा रहेको आबादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेस गरी त्यसमा छलफल हुनेछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

The post संघीय संसद्अन्तर्गत आज सातवटा संसदीय समितिको बैठक बस्दै first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री