६ असार, काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था, नीति, कानुन, संरचनालगायत मन्त्रालयबाट भएका कामकारबाहीका विषयमा बैठकमा छलफल हुनेछ । वैदेशिक रोजगारका समस्या, भावी कार्ययोजना र समितिसँगको अपेक्षाका बारेमा पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
The post संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै first appeared on Khabar Breaking.