
श्रीमानको कुटपिटबाट श्रीमती गम्भीर घाइते
धादिङ ।
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरी कि ३१ वर्षीया रेखा मुक्तान खत्री शनिबार घाइते अवस्थामा उद्धार गरिएको छ । रेखाका श्रीमान ३७ वर्षीय तेजबहादुर खत्रीले असार १५ गते साँझ घरमै कपालमा भुतलेर कुटपिट गर्दा गम्भीर घाइते भएको थिइन् ।
मोवाईल श्रीमानले माग्दा फुटाइदिन्छ भन्ने डरले नदिएपछि खत्रीले टाउकोमा भुतलेट कुटपिट गर्दा आँखा, टाउको हातमा गम्भीर चोट लागेको थियो । रातीको समयमा घटना भएकोले छिमेकी र जेठानी घाइतेलाई बचाएर स्थानीय स्वास्थ्य चौकी पुर्याएका थिए । आफूमाथि गरी घाइते बनाएको घटना एक पटक मात्र नभएको र पटक पटक आफूमाथि हिंसा भइरहेकोले आफूलाई बचाउन आग्रह गरेपछि सहयात्री समाज नेपालले उद्धार गरेको सहयात्री समाज नेपालका सेफहाउन इन्चार्ज तथा महिला अधिकारकर्मी गायत्री खतिवडाले बताइन् ।
अहिले पनि घाइते अवस्थामा सदरमुकाम धादिङ बेसी आइपुभएको हो । आफू मरेर बाँचेकोले अब त्यस घरमा फर्केर नजाने कठोर भएको बताउँदै आफ्नो पतिलाई कानुन अनुसार कारबाही गर्न प्रहरीसँग आग्रह गर्नुभएको छ । आरोपितलाई कारबाही गरेपछि आफूले शान्ति पाउने पीडितको भनाई छ । पीडितलाई सुरक्षित आवास गृहमा राखिएको छ ।
source:News of Nepal