
विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश
अर्घाखाँची १५ माघ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । स्थानीय युवा व्यवसायी माधव बन्जाडे सहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जन एमालेमा प्रवेश गरेका हुन । उनीहरुलाई नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पार्टी प्रबेश गराइ स्वागत गरेका हुन ।
पार्टी प्रबेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गरे । ‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’ रायमाझीले भने, देश एमालेले नै रुपान्तरण गर्छ ।’