विपक्षी दलहरुको प्रतिवादमा सत्तारुढ एमालेले काठमाडौं शक्ति प्रदर्शन गर्दै

२ मंसिर , काठमाडौं । विपक्षी दलहरुले सडकमा आन्दोलन गर्न थालेपछि  सत्तारुढ दल नेकपा (एमाले) ले पनि मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । शुक्रबार (३० कार्तिक ) काठमाडौंमा पत्रकार सम्मेलन गरेर काठमाडौंमा हुने जनप्रदर्शनको तयारी भइरहेको बागमती प्रदेश इन्चार्ज तथा जनप्रदर्शन समितिका संयोजक डा. राजन भट्टराईले बताए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले सडकमा आन्दोलन अघि बढाएपछि एमालेले पनि प्रतिवाद गर्नको लागि शक्ति देखाउन लागेको हो । यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारविरुद्ध देशभरी खबरदारी सभाको तयारीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै निरन्तर सडकमै उत्रिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अब काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ ।

विपक्षी दलले दबाब बढाएपछि एमालेले उपत्यकाका तीन वटा जिल्ला कमिटी, चारवटा विशेष जिल्ला कमिटी र २३ वटा जनसंगठनबाट एक लाख काठमाडौंमा उतार्न लागेको हो । एमाले र एमाले नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्नको लागि एमालेले सडकमा शक्ति देखाउन लागेको जनाएको छ ।

संयोजक भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानबिन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आआफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन् ।’

एमाले मुलुकको राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको प्रक्षपोषण गर्दै राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति, विधिको शासन र कानूनी राजको पक्षमा दृढ रहेको उल्लेख छ ।

सुशासन, विकास र समृद्धिलाई मुख्य आधार बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादको आधार निर्माण गर्नु मुख्य उद्देश्य भएको उनले बताए ।

एमालेले काठमाडौंमा जनप्रदर्शन गर्नुको पाँच कारण दिएको छ ।

पहिलो, राजनीतिक अस्थिरता र अराजकताविरुद्ध विधिको शासन र कानूनी राज्यका पक्षमा जनमत निर्माण गर्न,

दोस्रो, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न,

तेस्रो, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाको बारेमो जनतालाई स्पष्ट गर्न,

चौथो, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक कानूनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन,

पाँचौं, आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न, सत्तारुढ दल जनताको बीचमा जानै हुँदैन भन्ने नरहेकोले जागरणसभा गर्न लागेको महासचिव शंकर पोखरेलले बताए । जागरणसभाले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिने उनको भनाइ छ ।

उनले भने, ‘ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिटीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ। उपत्यकामा नै आयोजना हुने कार्यक्रमकमा माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ । त्यो होइन, जनता प्रमुख दलहरुप्रति नै विश्वास र भरोसा गर्दछन्। र, उनीहरुबाटै सुधारको अपेक्षा गर्दछन भन्ने सन्देश दिनु पनि जरुरी छ। त्यो हिसाबले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं। जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्छ।’

उनले सरकारले जनताको बीचमा गएर आफ्नो कुरा राखेर भ्रम चिर्ने परम्परा विश्वव्यापी रहेको जिकिर गरे, ‘सरकार जनताबाट निर्वाचन भएका जनप्रतिनिधिबाट बन्ने हो । त्यसैले सरकारबाट उठेको प्रश्नको जवाफ जनतामा गएर दिने परम्परा विश्वव्यापी छ । हाम्रो छिमेकी भारतमा पनि प्रधानमन्त्री स्वयम् भाषण गर्दै हिँडेको देखेकै छौं । सत्तापक्ष भनेको जनताको बीचमा जानै हुँदैन भन्ने छैन । जनतामा गएर भ्रम चिरेर आफ्नो कुरा राख्छ । जनतालाई आश्वस्त बनाउँछ, त्यो कर्तव्य सत्तापक्षको पनि हो ।’

The post विपक्षी दलहरुको प्रतिवादमा सत्तारुढ एमालेले काठमाडौं शक्ति प्रदर्शन गर्दै first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 9 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 9 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 9 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 9 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 11 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 10 views