विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रदान गर्‍यो ८% लाभांश

काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आठौं वार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको चुक्ता पूँजिको ८ प्रतिशत लाभांश (कर सहित) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। सभा कम्पनीका अध्यक्ष श्रीकृष्ण आचार्यको सभापतित्वमा बिहीबार (६ मंसिर ) नयाँ बानेश्वरमा सम्पन्न भएको हो।

साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को कम्पनीको वासलात , नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरण तथा लेखापरीक्षकको नियुक्ति लगायतका विषयमा संचालक समितिका सदस्यहरुबीच छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , सभाबाट कम्पनी ऐन बमोजिम संचालक समितिको संख्या संशोधित गरेर ११ जनाबाट ९ जनाको कायम गरिएको छ।

कम्पनीले लमजुङ र कास्की जिल्लामा अवस्थित दुई जलविद्युत आयोजनाहरु रुदी खोला ए ( ८.८ मेगावाट ) र रुदी खोला बी ( ६.६ मेगावाट ) बाट हाल व्यवसायीक उर्जा उत्पादन गरिरहेको छ। त्यस्तै यस कम्पनीले निर्माणाधिन ४८.८ मेगावाटको पिपुल्स इनर्जी लिमिटेड लगायत विभिन्न आयोजनामा लगानी गरेको छ।

The post विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रदान गर्‍यो ८% लाभांश first appeared on Khabar Breaking.

  • Related Posts

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    १९ मंसिर , काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी  वर्ल्डलिंकले आफ्ना २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरेको जानकारी दिएको छ।वर्ल्डलिंक विगत २९ वर्षदेखि…

    Read more

    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ। सर्वसम्मत निर्वाचित भएको नयाँ संचालक समितिका…

    Read more

    Leave a Reply

    You Missed

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    • By
    • December 4, 2024
    • 0 views

    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 4, 2024
    • 0 views
    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस

    • By
    • December 4, 2024
    • 7 views

    दुई वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 4, 2024
    • 7 views

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    • By
    • December 4, 2024
    • 7 views

    Profile and Interviews: amaira ko le gyi y orat🥲😭#amairagurjar #shorts