वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले याक एण्ड यती होटललाई गर्‍यो ३ लाख जरिवाना

काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दरबारमार्गस्थित याक एण्ड यती होटलले म्याद गएको सामान बिक्री  गरेको र ३० रुपैयाँको पानीको बोत्तल ४३० रुपैयाँमा बिक्री  वितरण गरेको भन्दै ३ लाख जरिवाना गरेको छ ।

विभागले आइतबार( २० असोज ) बजार अनुगमनका क्रममा ३५ रुपैयाँमा खरिद गरेको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि गरेको, रिलेवलिङ गरेको वा गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको भन्दै ३ लाख जरिवाना गरेको विभागका महानिर्देशक राजन पौडेलले  जानकारी दिए । उनका अनुसार उक्त होटलले म्याद गुज्रिएको सामान समेत विक्री गरेको भेटिएको छ ।

त्यस्तै , विभागको टोलीले आइतबार मुल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै काठमाडौं महानगरपालिका २७ मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई ७५ हजार जरिवाना गराएको छ भने खरिद विउ बिजक नराखेको भन्दै ललितपुरको हात्तिवनमा सञ्चालित खरिबोट मिनी स्टोर, भक्तपुरमा रहेको माखा किराना स्टोर, काठमाडौं महानगरपालिका २४ मा सञ्चालित न्यू सिर्जना टेलरलाई २०–२० हजारका दरले जरिवाना गरेको छ ।

त्यस्तै , काठमाडौंकै ताहाचलमा रहेको कन्हैया स्टोरले पनि खरिद बिल बिजक नराखेको भन्दै ५ हजार जरिवाना गराएको छ ।

The post वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले याक एण्ड यती होटललाई गर्‍यो ३ लाख जरिवाना first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views