वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

१९ मंसिर , काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी  वर्ल्डलिंकले आफ्ना २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरेको जानकारी दिएको छ।वर्ल्डलिंक विगत २९ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहेको छ।

लाइसेन्सहरु प्राप्त भए सँगै अब नेपालका हरेक ठाँउमा  इन्टरनेट विस्तार गरी सबैलाई एक आपसमा गुणस्तरीय सेवा मार्फत जोड्ने कार्यमा सधैं लाग्ने कम्पनीले बताएको छ । इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायकको रूपमा २५ वर्षका लागि नयाँ लाइसेन्स जारी भएसँगै वर्ल्डलिंकले सबैलाई धन्यवाद दिदै यस्तो बताएको हो ।

यही मंसिर १३ गतेका दिन दुवै लाइसन्स नवीकरण भए सँगै यो संस्थाको विश्वसनीयता र क्षमता थप बलियो भएको कम्पनीले बताएको छ । वर्ल्डलिंक, संवैधानिक हकको प्रयोग गर्दै मर्मत सम्भार शुल्क सम्बन्धि मुद्दामा संवैधानिक हकको उपयोग गर्दै कानुनी प्रक्रियामा गएको थियो ।

उक्त मुद्दामा सर्वोच्च अदालतको निर्णय आएसँगै यो मुद्दाको एउटामात्र कडी समाप्त भएको कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ ।  ‘सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै यस संस्थाले आफ्नो कानुनी दायित्व पुरा गरिसकेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यो लामो कानूनी प्रकृयामा यस संस्थालाई भरोसा दिलाउनु हुने र भरोसा गर्नु हुने आदरणीय ग्राहक महानुभावहरूप्रति वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड हार्दिक आभार प्रकट गर्दछ। यस प्रकृयामा प्रत्यक्ष–अप्रत्यक्ष सघाउनु हुने, चासो राखे र सहयोग गर्ने सम्पूर्ण जनलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ ।’

कम्पनीले तिर्नुपर्ने भनि तोकिएको रकमका लागि तुरुन्तै ऋण उपलव्ध गराउने बैंकहरु प्रति पनि वर्ल्डलिंकले कृतज्ञता व्यक्त गरेको छ । यस्तै संस्था अन्तर्गत देशभर फैलिएको इन्टरनेट प्रविधिको सञ्जाल मार्फत् सूचना र सञ्चार क्षेत्रसँग जोडिने र कम्पनीको सेवा तथा गुणस्तरीय प्रतिबद्धतालाई विश्वास गर्दै यो अप्ठेरो समयमा आड र भरोसा प्रदान गर्ने सम्पूर्ण ग्राहक र प्रयोगकर्ताहरू तथा कर्मचारीहरुलाई समेत वर्ल्डलिंकले धन्यवाद दिएको छ।

The post वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता first appeared on Khabar Breaking.

  • Related Posts

    नेप्सेमा छायो स्थिरता

    २१ पुष , काठमाडौं । केहि दिन देखि धितोपत्र बजार (नेप्से ) मा  स्थिरता कायम भएको छ। आज साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको…

    Read more

    गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

    काठमाडौं । धुम्बाराहीस्थित गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यही पुष १३ गते शनिबार सम्पन्न भएको संस्थाको साधारणसभाले कृष्ण बहादुर केसीको अध्यक्षतामा नयाँ संचालक समितिले…

    Read more

    Leave a Reply

    You Missed

    नेप्सेमा छायो स्थिरता

    • By
    • January 5, 2025
    • 1 views

    गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

    • By
    • January 5, 2025
    • 1 views

    नेपाल राष्ट्रिय व्यवसायी महासंघमा मनोजबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • January 5, 2025
    • 7 views

    मकर जितुमाया सुरी हाइड्रोपावरको १६औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • January 5, 2025
    • 7 views

    काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने

    • By
    • January 5, 2025
    • 7 views

    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड

    • By
    • January 5, 2025
    • 7 views
    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड