
लोसपाका सांसद अनिल कुमार झा बजेट बारे यसो भन्छन्
काठमाण्डौं १७ जेष्ठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले बजेट वितरणमुखी भएको बताएका छन । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्ता केन्द्रीत गरेर बजेट ल्याइएको उनले बताए । उनले नदी नियन्त्रण, तटबन्ध तथा बाँध निर्माण, पुनःनिर्माणको विषयलाई बजेटमा प्राथमिकता नदिएको भन्दै आपत्ति जनाए ।