लोकतान्त्रिक पद्धतिलाई थप सुदृढ बनाउनको लागि नै संविधान संशोधन: सभापति देउवा

५ मंसिर , काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारले लोकतान्त्रिक पद्धतिलाई थप सुदृढ बनाउनको लागि नै संविधान संशोधन गर्न लागेको बताएका छन् ।

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन ( डिएलए नेपाल) ३५औं स्थापना दिवसकोे अवसरमा आयोजित ‘संविधान कार्यन्वयनमा कानूनी र वित्तीय सुशासन’ सम्बन्धी छलफल तथा आ.व. २०८०/८१ को वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले कुनै पनि व्यवस्था सफल बनाउन कानुनी शासनको साथमा कानुन व्यवसायीको पनि महत्त्वपूर्ण भूमिका हुने पनि बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले दुई ठुला दल मिलेर वर्तमान सरकार बनेपछि पनि नागरिकमा निराशा र आक्रोश उत्तिकै रहेको बताए । सरकारले सुविधाको क्षेत्रमा बसेर मात्रै यसको सम्बोधन गर्न नसक्ने हुनाले संविधान संशोधन लगायतका काममा सहयोग गर्न नै दुई दलको संयन्त्र निर्माण गरिएको उनले बताए ।

त्यस्तै , प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर विपक्षी माओवादीले चाइना कार्डको अफवाह फैलाएकोप्रती संकेत गर्दै थापाले अहिलेको सरकारले दुबै छिमेकी रास्ट्र र सबै मित्ररास्ट्रहरुप्रति समान र घनिष्ठ सम्बन्ध कायम गर्ने कुरामा स्प्रस्ट रहेको बताए ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले न्यायपालिकामा व्याप्त भ्रष्टाचार र विकृति अन्त्य हुनुपर्ने कुरा उठाउदा आँफुले अवहेलनाको मुद्दा खेपिरहेको बताउँदै न्यायपालिकाको गरिमा माथि उठाउन न्यायाधीशको चाकडी गर्न सबैले छोडनुपर्नेमा जोड दिए। न्यायपालिकामाथिको प्रहार नेपाल बारले रोकेको बताउँदै न्यायाधीश नियुक्तिमा बारलाई उपेक्षा गरिएकोमा असन्तुष्टि जनाए ।

The post लोकतान्त्रिक पद्धतिलाई थप सुदृढ बनाउनको लागि नै संविधान संशोधन: सभापति देउवा first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 7 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 8 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 8 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 8 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 11 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 8 views