लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चौबिसौं वार्षिक साधारणसभा सम्पन्न गर्दै ५ प्रतिशत बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार (२४ पुष ) मा सम्पन्न बैंकको साधारणसभाले उक्त लाभांश पारित गरेपछि बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आवको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ ।

समीक्षा आव २०८०/८१ मा ३३३ अर्ब निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

The post लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित first appeared on Khabar Breaking.

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    एनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता

    २५ पुष ,काठमाडौं । दुरसंचार  कम्पनी एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता पाएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ…

    Read more

    ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनिहरुको लगानीमा उचित प्रतिफल दिन कम्पनी सदैव समर्पित भएर काम गरिरहेको जनाएको छ। कम्पनीका अध्यक्ष श्रीमति सुमित्रादेवी न्यौपानेको सभापतित्वमा बुधबार…

    Read more

    Leave a Reply

    You Missed

    एनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता

    एनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता

    लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

    ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

    व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैनः काउन्सिल अध्यक्ष शाही