२६ कार्तिक, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । यद्यपि शेयरको संख्या भने खुलाएको छैन ।
कम्पनीका विद्यमान शेयरधनीलाई प्राथमिकता दिइएको यो शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
समयभित्र प्राप्त भएका निवेदनका आधारमा शेयर खरिदबिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
The post रिलायन्स फाइनान्सको संस्थापक शेयर बिक्रीमा first appeared on Khabar Breaking.