रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन६१ सार्वजनिक

१० असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी सी६७ ५जी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ।

रियलमी सी६७ ५जी मा ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा, मिडिया टेक डाइमेन्सिटी ६१०० र १२८ जिबीसम्मको स्टोरेज क्यापासिटी उपलब्ध रहेको कम्पनीले जनाएको छ । क्वालिटी र इफिसियन्सीको खोजी गर्ने प्रयोगकर्ताले स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन र कार्यक्षमता प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी प्रविधि प्रेमी तथा ट्रेन्डसेटर प्रयोगकर्तालाई लक्षित गर्दै रियलमी नार्जो एन ६१ ल्याएको कम्पनीले जनाएको छ। आर्मर प्रोटेक्सन, उच्च पर्फर्मेन्स, टप टियर क्यामेरा र धेरै समयसम्म टिक्ने ब्याट्रीसहित आएको रियलमी नार्जो एन ६१ ले नेपाली प्रयोगकर्ताको मन जित्ने विश्वास कम्पनीले लिएको छ।

रियलमीका हेड अफ स्ट्राटिजी एन्ड रिसर्च मुनिस गिरीले रियलमी सी६७ ५जी ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामेरा र स्न्यापड्रागन चिपसेटले प्रयोगकर्तालाई उत्कृष्ट प्रविधिको अनुभव हुने विश्वास व्यक्त गरे। एन्ट्री लेभल फोनको पर्फर्मेन्स र टिकाउपनलाई चुनौती दिने हिसाबले नार्जो एन ६१ को डिजाइन गरिएको छ।

मेटल, फोम, सिलिकोनलगायत एडभान्स्ड सामग्री प्रयोग गरेर बनाइएका ८ वटा विभिन्न किसिमका सेफ्टी प्रोटेक्सन दिइएको नार्जो एन ६१ स्टील जत्तिकै टफ रहेको छ।

उत्कृष्ट फोटोग्राफी
रियलमी सी६७ ५जी मा यस सेगमेन्टकै सबैभन्दा ठूलो सेन्सर र एडभान्सड् इमेजिङ सफ्टवेयर समावेश रहेको ५० मेगापिक्सेलको क्यामेरा रहेको छ भने नार्जो एन६१ को ३२ एमपिको सुपर क्लियर क्यामराले डिटेल्ड र सटिक रङसहित सार्प र जीवन्त सट खिच्न सक्छ।

रियलमी सी६७ ५जी क्यामराका अन्य विशेषता भनेको ३ एक्स जुम सेन्सर हो, जसले विभिन्न कोणबाट डिटेल्ससहितको तस्बिर खिच्न मद्दत गर्दछ। ४इन वान पिक्सेल बिनिङ प्रविधि र एडभान्स्ड सेन्सर हार्डवेयर भएकोले नार्जो एन ६१ बाट खिचिएका हरेक तस्विर उत्कृष्ट हुने कम्पनीले जानकारी दिएको छ। यी दुवै फोनमा भएको नाइट मोडले प्रयोगकर्तालाई कम उज्यालोमा पनि डिटेल्ससहितको र स्पष्ट फोटो खिच्न सजिलो बनाइदिन्छ।

पर्फर्मेन्स
रियलमी सी६७ ५जी मा मीडियाटेक डाईमेन्सिटी ६१०० उपलब्ध रहेको छ जसले २ गिगाहर्जसम्मको सिपियु क्लक स्पीडमा उत्कृष्ट प्रदर्शन र सहज प्रयोग अनुभव प्रदान गर्दछ। त्यस्तै नार्जो एन ६१ मा पावरफुल अक्टा कोर चिपसेट उपलब्ध रहेको छ। रियलमी सी ६७ ५जी स्मार्टफोनमा ६ जिबी डाइनामिक र्यामसम्मको स्टोरेज उपलब्ध छ जसले धेरै एप्सहरु एकैसाथ चलाउन सहयोग पुर्याउँछ भने नार्जो एन ६१ मा चै ४८ महिनाको फ्लुएन्सी अस्योरेन्स सहित आउने र प्रयोगकर्ताहरुले कुनै पनि ल्याग बिना ४ वर्ष सम्म चलाउन सक्नेछन्। ४ प्लस ६४ जीबी भेरियन्टमा नार्जो एन ६१ उपलब्ध छ।

डिजाइनमा नयाँ बेन्चमार्क
रियलमी ६७ ५जी को डिजाइनले सुन्दरता र प्रयोगलाई एकसाथमा ल्याएको छ। त्यस्तै नार्जो एन ६१ मा बिल्ड टफ भए पनि स्लीक, स्लिम र हल्का डिजाइन देख्न पाइन्छ। रियलमी सि ६७ ५जी मा ७.५९ एमएमको स्लिम बडीले गर्दा ठूलो ब्याट्री भए पनि बोक्न सहज छ। रियलमी नार्जो एन ६१ जम्मा ७.४ एमएम रहेको छ भने नार्जो एन ६१ को तौल पनि १७ ग्राम मात्र रहेको छ, जसले गर्दा यो फोन हरेक दिन प्रयोग गर्न निकै सहज छ।

रियलमी सी ६७ ५जी मा ६.७२ इन्चको डिस्प्लेले उत्कृष्ट भिजुअल प्रदान गर्दछ र नार्जो एन६१ मा ९० हर्जको आइ कम्फर्ट डिस्प्ले भएको हुनाले लामो समयसम्म फोन चलाउँदा पनि असहज हुँदैन। रियलमी सि ६७ ५जी स्मार्टफोनमा डुअल स्टेरियो स्पिकर्सले १००% भोलुम बढाउँछ भने यसमा रहेको मिनी क्याप्सुल २.० ले आकर्षक नोटिफिकेसन कन्ट्रोल पनि प्रदान गर्छ। नार्जो एन ६१ मा भएको रेन वाटर स्मार्ट टच फिचरले गर्दा भिजेको हातले पनि फोन आरामसँग चलाउन सकिने कम्पनीको भनाइ छ।

ब्याट्री र चार्जिङ
रियलमी सी६७ ५जी मा ५००० एमएचको शक्तिशाली ब्याट्रीको साथमा ३३ वाटको सुपरभोक चार्जिङ उपलब्ध रहेको छ। रियलमी नार्जो एन६१ मा सिङल चार्जमा नै ३० घण्टा सम्म भ्वाइस कल गर्न मिल्छ। त्यसैले यो दुबै स्मार्टफोन लामो समयसम्म प्रयोग गर्न सकिन्छ भने यो छिटै चार्ज गर्न पनि सकिन्छ।
अन्य आकर्षण

रियलमी सी ६७ ५जी वाटर, डस्ट, र स्प्ल्यास रेजिस्टेन्ट छ। स्मार्टफोनमा एनएफसी र फास्ट साइड फिङगरप्रिन्ट पनि उपलब्ध छ। त्यसैगरी यसमा ३ वटा कार्ड स्लटका साथै उपलब्ध रहेको छ, जसमा २ वटा सिम कार्ड र २ टिबीसम्मको माइक्रोएसडी कार्ड सपोर्ट गर्दछ।

मूल्य
डार्क पर्पल रंगमा उपलब्ध रियलमी सि ६७ ५जी को मूल्य २१,९९९ (६+१२८ जिबी) रहेको छ भने भोयाज ब्लुमा उपलब्ध नार्जो एन६१ को मूल्य १३,४९९ (४+६४ जिबी) रुपैयाँ पर्छ।

The post रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन६१ सार्वजनिक first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views